scheduleशुक्रवार कार्तिक २९ गते, २०७६

‘बेन्चमा बस्नुभन्दा बार्सिलोना छोड्नु नै बेश’

काठमाडौं, २९ असोज । बार्सिलोनाका स्टार खेलाडी इभान राकिटिकले आउने जनवरीमा क्लब छोड्ने भएका छन् ।

क्लबमा उनलाई प्रष्ट भुमिका र खेल्ने समय नदिएपछि उनले क्लब छोड्ने निर्णय गरेका हुन् ।

आर्थर मेलो, फ्रांक डि जोङ, सर्जियो बुसकेटले मौका पाएपछि उनले खेल्ने समयमा कमी आएको छ । उनले बेन्चमा बस्नुभन्दा बार्सिलोना छोड्नु बेश भएको बताएका छन् ।

बार्सिलोनालाई बितेका दिनमा उपाधि जिताउन प्रमुख भुमिका खेलेका उनी पछिल्लो समय प्रशिक्षक भल्भरडेको रोजाइमा पर्न छोडेका छन् ।

उनलाई म्यानचेस्टर युनाइटेड र युभेन्ट्सले अनुबन्ध चाहेको मिडिया रिपोर्टमा उल्लेख छ । उनले युरो २००० र विश्वकप २०२२ मा खेल्ने अपेक्षा गरिरहेका छन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage