scheduleशुक्रवार कार्तिक २९ गते, २०७६

राजपाद्वारा टायर बालेर प्रदर्शन, सांसद रिहाइको माग

जनकपुरधाम, २९ असोज । संघीय सांसद प्रमोद साहलाई झुठा मुद्दामा फसाएको भन्दै राजपा नेता तथा कार्यकर्ता प्रदर्शनमा उत्रेका छन् । प्रदर्शनकारीले   जनकपुरस्थित बुद्ध एयरको सिटी अफिसमा तालाबन्दी समेत गरेका छन्।

तालाबन्दी गर्न पुगेका राजपाका नेता तथा कार्यकर्ताहरु बुद्ध एयरको सिटी अफिसअगाडि टायर बालेर प्रदर्शन गरेका छन् ।  मुद्दा फिर्ता नलिएसम्म बुद्ध एयरको सिटी अफिस संचालन गर्न नदिने सांसद परमेश्वर साहले जानकारी दिए।

राजपाका कार्यकर्ताहरुले जनकपुर एयरपोर्टस्थित बुद्ध एयरको काउण्टरमा भएको तोडफोट घटनामा पक्राउ परेका सांसदको रिहाइको माग गर्दै सडक जाम गरेका हुन्  । उनिहरले  बिहान ८ बजे देखि ९ बजेसम्म जनकपुरधामस्थित रामानन्द चोकमा टायर बालेर सडक जाम गरेका थिए ।

राजपा नेपाल धनुषाले सांसद साहलाई अविलम्ब रिहाई नगरिए थप आन्दोलनको कार्यक्रम चरणबद्ध अगाडी बढाउने राजपा नेपालका प्रदेश सांसद परमेश्वर साहले जानकारी दिए।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage