scheduleमगलवार मंसिर ३ गते, २०७६

सांसद साहलाई फसाइएको भन्दै बुद्ध एयरमा तालाबन्दी

जनकपुरधाम, २९ असोज । राजपाका नेता तथा कार्यकर्ताले जनकपुरस्थित बुद्ध एयरको सिटी अफिसमा तालाबन्दी गरेका छन् ।

संघीयसभाका सांसद प्रमोद साहलाई पक्राउ गरेपछि रुष्ट बनेका राजपा नेता तथा कार्यकर्ताले बुद्ध एयरको सिटी अफिसमा ताला लगाएका हुन् । सांसद साहलाई झुठा मुद्दामा फसाइएको राजपा नेता र कार्यकर्ताको आरोप छ ।

जनकपुरस्थित सिटी अफिसमा तालाबन्दी गर्न पुगेका नेता र कार्यकर्तालाई सुरक्षाकर्मीले केहीबेर रोकेका थिए । सुरक्षाकर्मीले रोकेपछि राजपा प्रदेश सांसद तथा प्रमुख सचेतक पारमेश्वर साह, जनकपुरधामकी उपमेयर रिता झा, प्रदेश सांसद सुरिता साह, पूर्वसांसद दिनेश साह कार्यालयमै धर्ना बसेका थिए।

धर्ना नै बसेपछि सुरक्षाकर्मीले तालाबन्दी गर्न दिएको थियो । तालाबन्दी गर्न पुगेका राजपाका नेता तथा कार्यकर्ताहरु बुद्ध एयरको सिटी अफिसअगाडि टायर बालेर प्रदर्शन गरेका छन्। उनीहरुले बुद्ध एयर ‘गो ब्याक’ नारा लगाए।

सांसद साहविरुद्ध मुद्दा फिर्ता नलिएसम्म बुद्ध एयरको सिटी अफिस संचालन गर्न नदिने राजपा नेताहरुले चेतावनी समेत दिएका छन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage