scheduleबुधवार मंसिर ४ गते, २०७६

अमेरिकाले चन्द्रमामा पहिलोपटक महिला पठाउने, स्पेस सुट समेत सार्वजनिक

एजेन्सी, २९ असोज । अमेरिकाको नेशनन एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) ले अन्तरिक्षयात्रीका लागि नयाँ स्पेस सुटको नमुना सार्वजनिक गरेको छ ।

नासाले मंगलबार अन्तरिक्षयात्रीले लगाउने नयाँ स्पेस सुट वा पोशाकको नमुना सार्वजनिक गरेका हो । उक्त पोशाक अमेरिकाले चन्द्रमामा  पहिलोपटक पठाउन लागेको महिलाले लगाउने नासाले बताएको छ ।

नयाँ स्पेस सुट नासाको आर्टेमिस कार्यक्रमका लागि तयार गरिएको समाचारमा बताइएको छ । यो कार्यक्रमअन्तर्गत नासाले सन् २०२४ सम्ममा चन्द्रमामा पहिलो महिला र दोस्रो पुरुष पठाउने लक्ष्य राखेको छ ।

‘सन् २०२४ सम्ममा हामी चन्द्रमामा अवतरण गर्ने छौं र यसलाई भरपर्दो बनाउन चाहन्छौं’, नासाका प्रमुख जिम ब्राइडेन्टाइनले भने, ‘र हाम्रो अन्तिम लक्ष्य भनेको मंगल ग्रहमा पुग्ने हो ।’

चन्द्रमालाई मंगल ग्रहमा पुग्ने आधार बनाउने र यसका लागि स्पेस सुट पनि अत्याधुनिक हुनुपर्ने नासाको भनाइ छ ।

 

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage