scheduleशुक्रवार कार्तिक २९ गते, २०७६

उत्तरी सिरियामा ६ सयभन्दा बढी कुर्दिश लडाकु मारिए

एजेन्सी, २९ असोज । उत्तरी सिरियामा एक साताअघि टर्कीले सुरु गरेको सैन्य कारबाहीमा परी हालसम्म ६ सयभन्दा बढी कुर्दिश लडाकु मारिएका छन् । टर्कीको रक्षा मन्त्रालयले ट्विट गर्दै हालसम्म उत्तरी सिरियामा ६३७ जना कुर्दिश लडाकु मारिएको जनाएको हो ।

गत बुधबार टर्कीले सुरु गरेको ‘अपरेशन पिस स्प्रिङ’ आजबाट ८ औं दिनमा प्रवेश गरेको छ । सैन्य कारबाहीका कारण डेढ लाखभन्दा बढी मानिस उत्तरी सिरियाबाट विस्थापित भइसकेका छन् । तर टर्कीले भने सैन्य कारबाहीलाई थप सशक्त बनाउँदै लगेको छ ।

टर्कीका राष्ट्रपति रिसेप टाइब एर्दोगानले उत्तरी सिरियामा जारी सैन्य कारबाही तत्काल नरोक्ने बताएका छन् । अमेरिकाले प्रतिबन्ध लगाएपनि सैन्य कारबाही नरोकिने एर्दोगानको भनाइ छ ।

यता सिरियाली सेना उत्तरी क्षेत्रमा परिचालन गरिएको छ । योसँगै टर्की र सिरियाबीच नयाँ युद्ध हुन सक्ने चिन्ता बताएका छन् । तर राष्ट्रपति एर्दोगानले टर्कीको सीमावर्ती क्षेत्रमा सेना तैनाथ गर्ने सिरियाली सरकारको कदमलाई सहज रुपमा लिएका छन् । सिरियाली सरकारले आफ्नो भूमिमा सेना पठाउने कुरा ‘नकरात्मक’ नभएको उनको भनाइ छ ।

पश्चिमा मुलुकले तत्काल सैन्य कारबाही रोक्न टर्कीलाई दबाब दिइरहेका छन् । रुसले भने नयाँ युद्ध नहोस् भनेर आफूले टर्की र सिरियाबीच मध्यस्थता गरिरहेको बताएको छ ।

 

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage