scheduleशनिवार मंसिर २० गते, २०७७

दादुरा रुवेला खोप अभियान दुई चरणमा

काठमाडौं, २९ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा पाँचौं दादुरा रुवेला खोप अभियान २०७६ आगामी फागुन र चैत महिनामा सञ्चालन हुने भएको छ। अभियान दुई चरणमा हुने परिवार कल्याण महाशाखाले जनाएको छ।

यसअघि मंसिरमा अभियान सञ्चालन गर्ने लक्ष्य भए पनि यसका लागि अनुदान दिने संस्थाले अनुदान रोकेपछि पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको थियो।

परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखााका अनुसार  पहिलो चरण अन्तर्गत फागुन महिनामा प्रदेश नम्बर १, २ र ५ का ३५ जिल्लाका १८ लाख २४ हजार ४ सय ३३ बालबालिकालाई खोप लगाइनेछ ।

दोस्रो चरण अन्तर्गत चैत महिनामा प्रदेश नम्बर ३, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका ४३ जिल्लाका ११ लाख ५७ हजार ७ सय ७१ बालबालिकालाई दादुरा विरुद्धको खोप लगाउने उद्देश्य छ।

देशभरका ९ महिनादेखि पाँच वर्ष भित्रका करिब ३० लाख बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने छ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay