scheduleबुधवार कार्तिक २७ गते, २०७६

‘नागरिकमैत्री अभ्यास’ भन्दै हेलिकप्टरबाट राष्ट्रपतिको शीतल निवास-विमानस्थल उडान

काठमाडौं, २९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश तथा विदेश यात्रा गर्दा सवारी आवागमनमा समस्या आउने र नागरिकले आलोचना गर्ने चलन अब नयाँ रहेन ।

यही समस्या समाधान गर्न राष्ट्रपतिको लागि हेलिकप्टर खरिद गर्ने विषय पनि सार्वजनिक आलोचनाको विषय बन्यो । व्यापक आलोचनाको बीच राष्ट्रपति भण्डारीका लागि ‘महंगो’ हेलिकप्टर खरिद गरिएको थियो । यसअघि सडकमार्गबाट एयरपोर्ट आउँदा जाँदा सर्वसाधारणको यात्रा प्रभावित भएपछि आलोचना भइरहेका बेला सुरक्षा निकायले राष्ट्रपतिको इच्छाअनुरुप हेलिकप्टर किनिएको हो ।

बुधबार राष्ट्रपति भण्डारीको सरकारी कार्यालय शीतल निवासबाट हेलिकोप्टर चढेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगिन् भण्डारी । राष्ट्रपति कार्यालयले यसलाई राष्ट्रपतिको ‘नागरिकमैत्री अभ्यास’ भनेको छ ।

नागरिकको गुनासोलाई ख्याल गर्दै पहिलो पटक यस्तो अभ्यास गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेको तर्क छ । उनी भन्छन्, ‘विगतमा राष्ट्रपतिज्यूलाई विमानस्थलबाट ल्याउँदा लाँदा सडकमा सर्वसाधरणको यात्रा प्रभावित भएको गुनासो आएको थियो, नागरिकमैत्री अभ्यासका क्रममा राष्ट्रपतिज्यूलाई हेलिकोप्टरमा एयरपोर्ट पुर्‍याइएको हो ।’

आसन्न म्यानमार र जापान भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बिहान ९ बजेर ४५ मिनेटमा हेलिकोप्टर चढेर शीतलनिवासबाट उडिन् । राष्ट्रपति म्यानमारमा पाँच दिन बिताउने र त्यहाँबाट सिधै जापान जाने कार्यक्रम रहेको छ ।

राष्ट्रपति निवासदेखि विमानस्थलसम्मको छोटो दुरीमा हेलिकप्टर चढेको प्रसंगप्रति सामाजिक सञ्जालमार्फत् मिश्रित प्रतिक्रिया भइरहेका छन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage