scheduleशुक्रवार कार्तिक २९ गते, २०७६

नेपालको समृद्धिमा सहायक हुनेगरी अन्तराष्ट्रिय सम्बन्ध विकसित भएको छ : प्रचण्ड

काठमाडाैं, २९ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपालको राष्ट्रिय हित र समृद्धिमा सहायक हुनेगरी मुलुकको अन्तराष्ट्रिय सम्बन्ध विकसित भएको बताएका  छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणपछि भारत–चीन र नेपालबीच त्रिदेशीय साझेदारीको आधार तय हुँदै गएको विश्वास पनि व्यक्त गरे । ‘चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबाट भारत, चीन र नेपालबीच त्रिदेशीय साझेदारीको आधार तय हुँदै गएको छ,’ अध्यक्ष दाहालको विश्वास थियो, ‘यसले नेपाललाई उज्वल भविष्यतर्फ डोहोर्‍याउने सुनिश्चित भएको छ ।’

अध्यक्ष दाहालले चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमणका क्रममा व्यक्त गर्नु भएको सदभाव र विश्वासले नेपालको अन्तराष्ट्रिय सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याएको पनि बताए । दसैं, तिहार, नेपाल संवत र छठको अवसर पारेर पार्टीले काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले सरकार मुलुकको समृद्धि र विकासको काममा केन्द्रित भएको पनि बताए ।

अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेपालका राजनीतिक दलहरुले नयाँ कीर्तिमान कायम गरेको उल्लेख गर्दै त्यसमा आफूलाई गर्व लाग्ने गरेको पनि दोहोर्‍याए ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage