scheduleआइतवार मंसिर १४ गते, २०७७

नेकपाका सांसद गुरुङलाई पक्राउ पुर्जी जारी

काठमाडौं, २९ असोज । नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद पार्वत गुरुङलाई पक्राउ गर्न पुर्जी जारी भएको छ।

दोलखाका सांसद तथा नेकपाका केन्द्रीय सदस्य गुरुङलाई ज्यान मार्ने मुद्दामा पक्राउ पुर्जी जारी गरिएको हो।

सांसद गुरुङलाई काठमाडौँ जिल्ला अदालतको आदेशमा जिल्ला प्रहरी कार्यालय दोलखाले ८ असोजमा पक्राउ पुर्जीको म्याद तामेल गरेको हो।

सांसद गुरुङविरुद्ध वीरध्वज खड्काले २०७६ को वैशाख २९ गते काडमाडौँ जिल्ला अदालतमा ज्यान मार्ने कसुरको जाहेरी दर्ता गरेका थिए।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay