scheduleशुक्रवार मंसिर ६ गते, २०७६

अक्टोबर २६ मा एल क्लासिको नहुने सम्भावना बढ्यो

काठमाडौँ, ३० असोज । अक्टोबर २६ मा हुन गइरहेको एल क्लासिकोलाई लिएर विभिन्न निकायहरुले आपत्ति जनाएका छन् ।

उक्त दिन हुने एल क्लासिको सार्न उनीहरुले सुझाव दिएका छन् ।

मिडिया रिपोर्टका अनुसार क्याटालानमा भएको राजनीतिक घटनाका कारण एल क्लासिको खेलाउन सुरक्षाका कारण ठीक नभएको उनीहरुको निष्कर्ष रहेको छ ।

स्पेनिस फुटबल फेडेरेसन तथा ला लिगाले पनि अक्टोबर २६ मा हुन गइरहेको एल क्लासिको अर्को मितिमा सार्न पहल गरिरहेको बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार उक्त दिनको खेल रिभर्स गरेर रियल मड्रिडमा खेलाउन समेत सकिने अनुमान गरिएको छ ।

क्याटालानमा नौ जना नेताहरु यतिखेर विरोध र आन्दोलनका कारण निकै चर्चामा रहेका छन् ।

एल क्लासिको डिसेम्बर ११ मा हुने सम्भावना रहेको बताइएको छ । पहिलो कुरा खेलाडी र दर्शकहरुको सुरक्षा रहेको भन्दै खेल सार्न सबै पक्षले सुझाव दिएका छन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage