scheduleआइतवार मंसिर १ गते, २०७६

म्यानचेस्टर युनाइटेडलाई अर्को झट्का

काठमाडौँ, ३० असोज । यस सिजन पनि उत्तिकै लयमा देखिएको लिभरपुलविरुद्ध आउने आइतबार म्यानचेस्टर युनाइटेडले कडा चुनौतीको सामना गर्दैछ ।

यस सिजन झुर सुरुवात गरेको म्यानुका खेलाडीहरु निराश अवस्थामा रहेका छन् ।

उच्च लयमा रहेको लिभरपुल भने शतप्रतिशत नतिजा निकाल्ने दाउमा रहेको छ ।

यस सिजन एक खेल पनि पराजित नभएको लिभरपुल २४ अंकका साथ लिगको शिर्षस्थानमा रहेको छ ।

म्यानु भने ९ अंकका साथ १२ औँ स्थानमा रहेको छ । आइतबार हुने खेलमा म्यानुका स्टार खेलाडी पोउल पोग्वा र डेबिड ड्याहा नखेल्ने भएका छन् । चोटका कारण उनीहरुले मैदानबाहिर हुनेछन् ।

उता लिभरपुलका स्टार गोलरक्षक एलिससन बेक्कर चोटमुक्त भएर फर्किएका छन् ।

नर्विचविरुद्धको खेलमा उनी घाइते भएका थिए । तर, उनको अभाव भने लिभरपुललाई खट्किएन । तर, उनी आएपछि लिभरपुलले क्लिन सिट नतिजा निकाल्ने सम्भावना बलियो हुने समिक्षकहरु बताउँछन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage