scheduleशुक्रवार मंसिर ६ गते, २०७६

साउदी अरबमा भएको बस दुर्घटनामा ३५ जनाको मृत्यु

एजेन्सी, ३० असोज । साउदी अरबमा भएको बस दुर्घटनामा परी ३५ जना विदेशी नागरिकको ज्यान गएको छ ।

इस्लाम धर्मावलम्बीको पवित्र स्थल मेदिना नजिकै भएको बस दुर्घटना परी ३५ जना विदेशी नागरिक नागरिकले ज्यान गुमाएका हुन् । दुर्घटनामा अन्य ४ जना घाइते भएको साउदी अरबको सरकारी समाचारले जनाएको छ ।

दुर्घटनामा परी ज्यान गुमाउनेहरु अरब र एसियाली मुस्लिम तीर्थयात्री रहेको स्थानीय समाचार माध्यमले जनाएका छन् ।हाल अल हाम्ना अस्पतालमा घाइतेहरुको उपचार भइरहेको छ ।

बिहीबार चार्टर गरिएको निजी बस र लोडर एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको थियो । दुर्घटनालगत्तै बस र लोडरमा आगो लागेको थियो ।

दुर्घटनाबारे अधिकारीहरुले छानबिन गरिरहेका छन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage