खानले पाँच जना श्रीमित पाल्न ५० जना महिलालाई ठगे
काठमाडौं, ३० असोज । एक व्यक्तिले आफ्ना ५ जना श्रीमतिका लागि खर्च जुटाउनका लागि ५० जनाभन्दा महिलालाई ठगेका छन् ।
यो घटना भारतको मध्य प्रदेशमा भएको हो । ठगी गर्ने व्यक्तिको नाम हो, दिलशाद खान । प्रहरीका अनुसार नर्सको जागिर लगाइदिन्छु भन्दै खानले ५० जना महिलाबाट पैसा उठाएका थिए ।
खानका ५ जा पत्नी छन् । उनले आफ्ना पत्नीहरुको खर्च जुटाउनका लागि गठी धन्दा गर्दै आएको प्रहरीले जनाएको छ । उनले नर्सको जागिर लगाइदिने भन्दै ४ दर्जनभन्दा बढी महिलालाई ठगेका थिए ।
खानले महिलालाई ठग्ने क्रममा अन्य व्यक्तिको समेत सहयोग हाल खानलाई प्रहरीले पक्राउ गरेको छ । उनीसँगै आलोक कुमरा बामने भन्ने अर्का व्यक्ति समेत पक्राउ परेका छन् ।
प्रहरीसामु ५ जना श्रीमतिका लागि खर्च जुटाउनकै लागि महिलालाई ठग्दै आएको बयान खानले दिएका छन् ।