scheduleबुधवार मंसिर ४ गते, २०७६

फेसबुकका सोधकर्ताले अनुवादको नयाँ गणितीय विधि विकास गर्दै

काठमाडौं, ३० असोज । फेसबुकका अनुसन्धानकर्ताले एक भाषालाई अर्को भाषामा अनुवाद गर्ने नयाँ विधि विकास गरिरहेका छन् ।

फेसबुकका अनुसन्धानकर्ताले शब्दलाई अंकमा बदलेर अनुवाद गर्न सकिने नयाँ विधि विकास भइरहेको बताएका छन् । अटोमेटिक अनुवादको नयाँ विधिले  एकअर्काबीच संवाद गर्न सहज हुने उनीहरुको भनाइ छ ।

शब्दलाई गणितीय प्रतिरुपमा बदल्ने नयाँ विधिसँगै हाल अनलाइन अनुवादमा देखिएको समस्या समाधान हुने फेसबुकले बताएको छ । फेसबुकले तयार पार्न लागेको नयाँ विधिमा विभिन्न शब्दलाई एउटा भेक्टरमा रुपान्तरण गरी निश्चित मात्राको राशि बनाउन सकिनेछ । भाषिक रुपमा एकअर्कासँग नजिक रहेका भाषामा रहेका शब्दलाई भेक्टरमा परिभाषित गरेपछि अटोमेटिक अनुवाद हुनेछ ।

यो प्रणालीबारे अनुसन्धान गरिरहेका गिलोम लाम्पल भन्छन्, ‘यदि तपाईंले कुकुर र बिरोलो भन्नु भयो भने भेक्टरका कारण यी दुबै शब्द एकअर्काबाट निकै जनिक छन् किनभने यी दुबैले वस्तुलाई जनाउँछन् ।’

नयाँ प्रणाली लागू भएपछि फरक-फरक भाषा बोल्ने मानिसले सजहै संवाद गर्न सक्ने फेसबुकले जनाएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage