scheduleबुधवार मंसिर ४ गते, २०७६

यस वर्ष माइक्रोसफ्टका सिईओ नडेलाको तलब ६६ प्रतिशतले बढ्यो

एजेन्सी, ३० असोज । चर्चित टेक कम्पनी माइक्रोसफ्टका सिईओ सत्या नडेलाको तलब यस वर्ष ६६ प्रतिशतले बढेको छ । नडेलाको रणनीतिक नेतृत्वका कारण कम्पनी फाइदामा गएको भन्दै उनको तलब बढाइएको हो ।
आर्थक वर्ष २०१८-१९ मा नडेलाले तलब,भत्ता र बोनस स्वरुप कूल ४२.९ मिलियन डलर पाएका छन् । गत वर्ष उनले तलबभत्ता स्वरुप २५. ८४ डलर बुझेका थिए । यो वर्ष उनको तलब मात्रै १ मिलियन डलरले बढेको हो । नडेला सिईओ बनेपछि माइक्रोसफ्टको बजार मूल्य ५ सय ९ बिलियन डलरले बढेको समेत कम्पनीले जनाएको छ ।
नडेलाको रणनीतिक नेतृत्वका कारण ग्राहकले माइक्रोसफ्टलाई थप विश्वास गरेको र नयाँ प्रविधिको विस्तार भएको कम्पनीले जनाएको छ ।
उनले सन् २०१४ देखि माइक्रोसफ्टको सिईओको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage