scheduleशुक्रवार कार्तिक २९ गते, २०७६

हात समातेर बहिनीहरुले भने- २ हजारमा जाऔं, कोठा नजिकै छ

काठमाडौं, ३० असोज । ध्रुवविक्रम मल्लको अर्को नाम हो गुरु । मल्ल लामो समयदेखि नेपाली खेल क्षेत्रको विकासका लागि सक्रिय छन् । बालाजु कराँते-डो एकेडेमीका अध्यक्ष समेत रहेका मल्लले देशको नाम राख्ने धेरै खेलाडीहरु उत्पादन गरिसकेका छन् ।

१७ औं एसियन गेम्स कोरियामा देशको लागि एक मात्र पदक दिलाउने कराँते खेलाडी विमला तामाङ र अल्ट्रा धाविका मिरा राईजस्ता खेलाडीहरुलाई प्रशिक्षण र दिशानिर्देश गर्दै आएका मल्लले दर्जनौं अन्तर्राष्ट्रिय/राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गर्दै आएका छन् ।

यहाँ उनै ‘गुरु’ अर्थात् ध्रुवविक्रम मल्लले भोगेको एउटा घटना प्रस्तुत गरिएको छ-

रोजगारले बनाएको बाध्यता- दाई जाम न ?

२०७६ को दशैं नजिकिँदै गर्दा बालाजु माछापोखरीबाट गोंगुबु बसपार्क बिजी महल नजिक साथी भेटघाटको शिलशिलामा हिंड्दै थिएँ । दिनको १:३० बजेको समय थियो  ।

दुईजना बहिनीहरु जिन्स पाईन्ट लगाउनु भएको, हेर्दा राम्रै , हट्टाकट्टा र सभ्य स्वभाव भएकोजस्तो देखिनुहुने मध्ये एकजनाले चिनजानको जसरी च्याप मेरो हात समात्नु भयो  ।

‘दाई, कता हिड्नु भएको ?’ हाँसेर कुरा गर्न थाल्नुभयो ।

‘को होला’ भन्ने लाग्यो । मलाई चिन्न गारो भयो, पक्कै मलाई चिन्नु भएको बहिनी हुनुहुँदो रहेछ भन्ने सोचेर हाँस्दै कुरा गर्दै चिन्ने कोशिश गर्दै थिएँ । त्यतिकैमा ‘रूम नजिकै छ । जाम हिड्नुस्’ भन्नुभयो ।

मैले ‘को-को हुनुहुन्छ त रूममा ?’ भन्ना साथ जवाफ दिनुभयो, ‘हामी दुईमध्ये जोसंग मन लाग्छ, बस्नुस् । पैसा २ हजार दिनुस्, हस् ।’ 

मैले सोचेँ, प्र्याङ्क भिडियो बनाउँदै हुनुहुन्छ र मलाई उल्लु बनाउन खोज्दैछ भनेर । आसपास क्यामरा राखेर खिचेको छ भन्ने आभासले यताउति हेर्न थालेँ । त्यो पनि होइन भन्ने भयो ।

चोरलाई समातेको जसरी समातेको छ । हात छोड्नु हुन्न । फेरि मनमा सोच आयो, ‘कोही ब्ल्याक मेलिङ्ग त गर्दै छैन ?’ यस्तो भान पनि हुन् थाल्यो ।

अब फुत्किने उपाय गर्न थालेँ । ‘बहिनी अहिले साह्रै हतारमा छु । पछि भेट्छु फोन नम्बर दिनुस् । समय मिल्दा भेट्छु ।’

फेरि जवाफ आउँछ, ‘रूममा हिड्नुस् । अनि फोन नम्बर दिन्छु ।’

फेरि आपत !

‘साथी बाहिरबाट आएको पर्खेर बस्नु भएको छ । नजिक कै हुनुहुन्छ । भेटेर ३० मिनेटपछि आउँछु । यति राम्री हुनुहुन्छ १०० % भेट्छु । यहीँ बस्नुस् है ।’

यसो भन्नासाथ समातेको हात अलि खुकुलो गर्नुभयो । बल्ल छुटकारा पाएँ ।

अहिले पनि त्यही २ बहिनीको अनुहार सम्झन्छु । किन त्यस्तो हुनु भयो होला । रहरले पक्कै होइन होला । बेरोजगारको बाध्यताले नै हाक्काहाक्की निडर स्वभाव बनाई दिएछ !

धेरै सोचपछि सामाजिक सञ्जालमा आफुलाई परेको वास्तविकता राख्ने मनसाय बनाई अझै पनि ति निडर दुई बहिनीलाई भेट भयो भने मान्छेको जीवनमा सरल तरिकाले खुसी भएर बाँच्ने र जिउने प्रशिक्षण शिक्षा दिन मन छ ।

यात्रामा बाटो बिरायर हिंड्नेलाई थाहा हुनेले सिधा बाटो बताईदिनु पनि मानव सभ्यतामा पर्छ भन्ने हो ।

शहरमा मानव जीवनमा बाँच्न कै लागि आ-आफ्नै शैलीको संसार बन्ने गरेको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage