scheduleमगलवार मंसिर ३ गते, २०७६

सांसद साहको रिहाइको माग गर्दै सर्लाहीमा विरोध प्रदर्शन जारी

एसपी यादव/ सर्लाही, ३० असोज । बुद्ध एयरको जनकपुर स्थित काउन्टरमा सोमवार तोडफोड गरेको आरोपमा पक्राउ परेका प्रतिनिधि सभा सदस्य प्रमोद साहको रिहाइको माग गर्दै गरिएको प्रदर्शन जारी छ । बिहीवार पनि सर्लाहीको विभिन्न ठाउँमा विरोध प्रदर्शन तथा सदरमुकाम मलङ्ग्वा बजार र यातायात पुर्ण रुपले बन्द गरिएको छ ।

पूर्व निर्धारित कार्यक्रम अनुसार सर्लाहीको सदरमुकाम मलङ्ग्वा र बयलवास बजारमा विरोध प्रदर्शन गरिएको हो । दिउँसो मोटरसाइकल र्‍याली निकालेर विरोध गरेका राष्ट्रिय जनता पार्टी नेपालका नेता तथा कार्यकर्ताहरुले साँझ मसाल जुलुश प्रदर्शन गरेका छन् । सांसद साहलाई तुरुन्त रिहाइ नगरे थप आन्दोलन चर्काउने राजपा नेपाल जिल्ला कार्यसमिति सर्लाहीले जनाएको छ ।

पूर्व घोषित कार्यक्रम अनुसार  बिहिवार बजार तथा यातायात बन्द गरिएको राजपा नेपालका जिल्ला संयोजक नागेश्वर महतोले जानकारी दिए  । आजको आन्दोलन पश्चात पनि कुनै सुनवाइ नभए कार्तिक १ गतेदेखि अर्को आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने महतोले जनाए ।

सांसद साहको तुरुन्त रिहाईको माग गर्दै राजपा नेपाल जिल्ला कार्यसमिति सर्लाहीले तीन दिनदेखि लगातार चरणबद्ध रुपमा विरोध प्रदर्शन गर्नुका साथै सर्लाहीको सदरमुकाम मलङ्ग्वा बजार र यातायात ठप्प पारेका छन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage