scheduleशुक्रवार कार्तिक २९ गते, २०७६

एल क्लासिकोबारे सोमबार छिनोफानो हुने

काठमाडौँ, १ कात्तिक । अक्टोबर २६ मा एल क्लासिको गर्ने कि नगर्ने निर्णय आउने सोमबार हुने भएको छ । क्याटालानमा भएको राजनीतिक संघर्षका कारण एल क्लासिको गर्ने निर्णय अन्यौलमा बनेको छ ।

मिडिया रिपोर्टका अनुसार क्याटालानमा भएको राजनीतिक घटनाका कारण एल क्लासिको खेलाउन सुरक्षाका कारण ठीक नभएको उनीहरुको निष्कर्ष रहेको थियो ।

स्पेनिस फुटबल फेडेरेसन तथा ला लिगाले पनि अक्टोबर २६ मा हुन गइरहेको एल क्लासिको अर्को मितिमा सार्न पहल गरिरहेको बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार उक्त दिनको खेल रिभर्स गरेर रियल मड्रिडमा खेलाउन समेत सकिने अनुमान गरिएको छ ।

क्याटालानमा नौ जना नेताहरु यतिखेर विरोध र आन्दोलनका कारण निकै चर्चामा रहेका छन् ।

एल क्लासिको डिसेम्बर ११ मा हुने सम्भावना रहेको बताइएको छ । पहिलो कुरा खेलाडी र दर्शकहरुको सुरक्षा रहेको भन्दै खेल सार्न सबै पक्षले सुझाव दिएका छन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage