scheduleआइतवार मंसिर १ गते, २०७६

एनआरएनए चुनावः मध्यरात पुनः हुलदंगा, नियन्त्रण गर्न प्रहरी परिचालन


काठमाडौं, १ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सम्मेलनको मतगणना प्रक्रियामा पनि तनाव देखिएको छ । यसअघि सम्मेलनको उद्घाटन नहुँदै विवादका कारण हुलदंगा र तोडफोड भएको थियो । यो क्रम विहीबार रातिसम्म देखिएको हो ।

नयाँ नेतृत्वको लागि भएको निर्वाचनको मतगणनाका क्रममा पनि बिहीबार मध्यराति हुलदंगा र नाराबाजी भएपछि प्रहरी नै परिचालित हुनुपर्‍यो । एकजना अध्यक्षका प्रत्यासी कुल आचार्यका प्रतिनिधिले मतगणनास्थलमा छिर्न नपाएको भन्दै आपत्ति जनाएपछि मध्यरातमा हंगामा भएको हो ।

मतगणनास्थलमा छिर्न नदिएको भन्दै आचार्यका समर्थकले नाराबाजीसहित हायात होटलको लबीमा तोडफोडको प्रयास गरेका थिए । लगत्तै प्रहरीले हस्तक्षेप गरेर स्थितिलाई नियन्त्रणमा लिनुपर्ने अवस्था सिर्जना भएको थियो ।

यो पनि-
एनआरएनए निर्वाचनः मतगणना सकियो, केहीबेरमा नतिजा सार्वजनिक गर्ने तयारी

अध्यक्षका प्रत्यासीद्वय कुमार पन्त र आचार्यका समर्थकबीच हात हालाहाल भएपछि तत्कालै त्यहाँ खटिएको लाठी चार्ज गरेर अवस्थालाई नियन्त्रणमा लिएको थियो । द्विपक्षीय तनावले एकछिन मतगणना नै प्रभावित भएको थियो ।

अध्यक्षका प्रत्यासीहरु कुमार पन्तलाई सत्तारूढ नेकपा र समाजवादी पार्टीको समर्थन छ भने प्रमुख प्रतिपक्ष कांग्रेसको साथ कुल आचार्यले पाएका छन् । दलीय चुनावजस्तो भएपछि जित र हारको लफडाले मतगणना नै प्रभावित हुँदै लम्बिए पनि प्रहरीको सहयोगमा हुलदंगा नियन्त्रण गर्दै मतगणना सकिएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage