scheduleशनिवार कार्तिक ३० गते, २०७६

तातोपानी स्नान मेला शुरु, यस्तो छ तातोपानी धाराको धार्मिक तथा वैज्ञानिक मान्यता

फाइल फोटो

सिन्धुपाल्चोक, १ कात्तिक । धार्मिक एवम् पर्यटकीय दृष्टिकोणले प्रख्यात सिन्धुपाल्चोकको तातोपानी धारामा आज देखि एक महिने स्नानमेला शुरु भएको छ । कात्तिक महिनाभर लाग्ने यो मेलामा पुगेर स्नान गरेमा रोगव्याधीबाट छुटकारा पाइने धार्मिक विश्वास रहेको छ ।

प्राकृतिक रुपमै ४४ डिग्री सेन्टीग्रेड तापक्रमको पानी उत्पन्न भइरहेको तातोपानी धाराको पानीमा गन्धक नामक लवण मिसिएको हुनाले छाला सम्बन्धि रोगहरु निको हुने स्वास्थ्य विज्ञहरुले बताउँदै आएका छन् । तातोपानी धाराको धार्मिक तथा वैज्ञानिक पक्षकै कारण पछिल्लो समय देश तथा विदेशबाट लाखौंको संख्यामा भक्तजनहरुको घुइँचो लाग्ने गरेको छ ।

धार्मिक तथा आकर्षक पर्यटकीय स्थलको रुपमा परिचित तातोपानी धारामा पछिल्लो समय बाथरोगीहरुको हितलाई ध्यानमा राखी स्वीमिङ पुल, पारिवारिक वातावरणमा नुहाउनेहरुका लागि अतिरिक्त शुल्कमा नुहाउने कक्षका साथै सामुहिक रुपमा नुहाउन सर्वसाधारणलाई ७ वटा धाराको व्यवस्था मिलाएको तातोपानी धारा व्यवस्थापन समितिका विष्णु श्रेष्ठले बताए ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage