scheduleशुक्रवार कार्तिक २९ गते, २०७६

प्रहरी परिसरमा रक्सिका बोतलको फोटो खिच्ने पत्रकार रिहा

चितवन, १ कात्तिक । जिल्ला प्रहरी कार्यलय चितवन परिसरभित्र रहेका रक्सीका बोतलको फोटो खिचेको भन्दै नियन्त्रणमा लिएको पत्रकार केदार शर्मालाई प्रहरीले रिहा गरेको छ । सेवाग्राही जाने शौचालय नजिक विभिन्न रक्सीका बोतल देखेपछि मोवाइल मार्फत फोटो खिच्ने क्रममा चितवन प्रहरीले शर्मालाई बिहिबार नियन्त्रणमा लिएको थियो ।

प्रहरीले पत्रकार शर्मालाई नियन्त्रणमा लिई कोठामा करिब ४५ मिनेट बन्धक बनाएर राखेको थियो । ४५ मिनेट प्रहरी कार्यालय भित्र राखेर रिहा गरेको पत्रकार शर्माले बताए। पत्रकार सुर्य बराललाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो ।

शर्माको मोबाइल खोसेर मोबाइलमा खिचेको तस्बिर समेत प्रहरीले जबरजस्ती डिलिट गरेको उनको भनाई छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दान बहादुर मल्लले यस विषयमा आफु अनविज्ञ रहेको प्रतिक्रिया दिएका  छन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage