ठगी आरोपमा प्रहरी खोरमा बाघे डन
काठमाडौँ, १ कात्तिक । ठगीको आरोपमा नेपाल प्रहरीले एक गुण्डा नाइकेलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा गुण्डा नाइके बाघे भनिने सुकबहादुर तामाङ रहेका छन् । उनलाई प्रहरीको महानगरीय अपराध महाशाखाले स्वयम्भूबाट पक्राउ गरेको हो ।
महानगरीय अपराध महाशाखाका अनुसार बालुवा बिक्रीमा ठगी अभियोगमा लामालाई शुक्रबार पक्राउ गरिएको छ । लामा जेबिएस डिपोका सञ्चालक समेत रहेका उनी यसअघि पनि फरक-फरक अपराधमा पक्राउ पर्दै छुट्दै आएका थिए ।
प्रहरीले बाघेसहित दर्जनौं बालुवा डिपोका सञ्चालकलाई पक्राउ गरेको छ । उनीहरुलाई महाशाखामा दिउँसो २ः३० बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।