scheduleशुक्रवार मंसिर ६ गते, २०७६

महिला क्रिकेट : विराटनगर टाईटन्सको लगातार दोस्रो जीत

काठमाडाैं, १ कात्तिक ।  विराटनगर टाईटन्सले महिलाको फ्रेन्चाईज क्रिकेट लिग उमेन च्याम्पियन्स लिग प्रतियोगितामा लगातार दोस्रो जीत निकालेको छ ।

शुक्रबार पनि जारी काठमाडौंको कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलमा पोखरा पल्टनलाई ६ विकेटले हराउँदै विराटनगर टाईटन्सले लगातार दोस्रो जीत निकालेको हो ।

पोखरा पल्टनले दिएको ९५ रनको सामुन्य विराटनगर टाईटन्सले १५ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्‍यो । उसको जीतमा लक्ष्मी चौधरीले २३ तथा ज्योति पाण्डेले २२ रन जोडेका थिए । अश्मिना कर्माचार्यले अविजित १६ र डोली भट्टले १२ रन जोडे ।

पोखरा पल्टनको भने यो दोस्रो लगातार हार हो । बुधबारबाट सुरु भएको सो खेल प्रतियोगितामा ५ मुख्य सहरका ५ वटा टिम सहभागी भएका छन । प्रतियोगितामा विजेता टोलीले ७ लाख नगदसहितको पुरस्कार पाउनेछ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage