scheduleआइतवार मंसिर १ गते, २०७६

दक्षिण कोरियाको राजदूतमा नेल्सन मण्डेलाकी छोरी जेनानी नियुक्त

सियोल, १ असोज । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाकी छोरी जेनानी मण्डेला–डामिनी दक्षिण कोरियाको राजदूतमा नियुक्त भएकी छिन् । गत अक्टोबर २ मा दक्षिण कोरियाको सियोल पुगेकी जेनानीले बिहीबार कोरियाली विदेश मन्त्रालयका पदाधिकारीहरुसँग पहिलो भेटघाट गरेकी थिइन् ।

योनहाप समाचार समितिसँग कुरा गर्दै राजदूत जेनानीले आफूले दक्षिण कोरियामा सेवा गर्ने मौका पाएकामा खुशी लागेको बताउँदै दुई देशबीचको द्विपक्षीय सम्बन्ध अझ प्रगाढ बनाउन आफूले सक्दो कार्य गर्ने स्पष्ट गरिन् ।

उनले चाँडै दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इन समक्ष भेटघाट गर्नेछिन् । नेल्सन मण्डेला र विन्नी मण्डेलाकी जेठी छोरी जेनानी हाल ६० वर्ष पुगिसकेकी छिन् । यसअघि उनले पाँच वर्षसम्म दक्षिण अफ्रिकाका लागि अर्जेन्टिनाको राजदूत र मरिससका लागि उच्चायुक्तको जिम्मेवारी सम्हालेकी थिइन् । एएनआई

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage