scheduleआइतवार मंसिर १ गते, २०७६

ट्विटरले ट्रम्पको एकाउण्ट बन्द गर्न मानेन


काठमाडाैं, १ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर एकाउण्ट बन्द गर्न गरिएको एउटा आग्रहलाई ट्विटरले अस्वीकार गरिदिएको छ । क्यालिफोर्नियाकी सिनेटर तथा ट्रम्पसँगै एउटै पार्टी डेमोक्रेटबाट राष्ट्रपति पदमा प्रतिस्पर्धा गरेकी कमला हैरिसले ट्रम्पकाे एकाउण्ट बन्द गर्न ट्विटरसँग माग गरेकी थिइन् ।

हैरिस पत्र नै पठाएर गरेको आग्रहलाई ट्विटरले अस्वीकार गरिदिएको हो । उनले राष्ट्रपति ट्रम्पले युक्रेनका समकक्षीसँग विवादास्पद सन्देशकाे कुराकानी ट्विटरमार्फत गरेकाे भन्दै उक्त पत्र पठाएकी थिइन ।

अमेरिकी राष्ट्रपति ट्रम्पले अक्सर राजनीतिक विरोधका लागि ट्विटरमार्फत सन्देश जारी गर्दै आएका छन् । उनी ट्विटरमा अत्यधिक लोकप्रिय छन् । उनको ट्वीटलाई करोडौं मानिसहरुले पछ्याउँछन् । एजेन्सी

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage