scheduleशुक्रवार मंसिर ६ गते, २०७६

महिला च्याम्पियन्स लिगमा आज दुई खेल


काठमाडौं, २ कात्तिक । महिला च्याम्पियन्स लिग (डब्लुसिएल) अन्तर्गत आज शनिबार दुई खेल हुँदैछ । पहिलो खेलमा चितवन राईनोज र पोखरा पल्टन तथा दोस्रो खेलमा क्याट क्विन्स काठमाडौं र विराटनगर टाईटन्सबीच प्रतिस्पर्धा हुनेछ ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने पहिलो खेल बिहान साढे ९ बजे सुरु हुनेछ । दिनको पहिलो खेलमा मैदान उत्रर्दै गर्दा चितवन र पोखराको लक्ष्य फरक हुनेछ ।

चितवन २ खेलबाट ४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । अंक विहिन पोखरा तालिकाको पुछारमा छ । दोस्रो खेलमा दिउँसो साढे १ बजे विराटनगर र काठमाडौं आमने सामने हुनेछन् । विराटनगर ४ अंक सहित शीर्ष स्थानमा छ । काठमाडौं २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage