scheduleशुक्रवार कार्तिक २९ गते, २०७६

लेबनानमा कर वृद्धिको विरोधमा हिंसा बढेपछि प्रधानमन्त्रीको सम्बोधन


एजेन्सी, २ कात्तिक । लेबनान सरकारले हालै घोषणा गरेको नयाँ कर नीतिको विरोधमा प्रदर्शनहरु बढ्दै गएको छ ।

बढ्दो खर्चका बीच नयाँ कर लगाउने सरकारी निर्णयको बिरोधमा भएका प्रदर्शनहरु थप हिंसात्मक बन्दै गएपछि लेबनान सरकारलाई संकट आईपरेको छ । विरोध बढ्दै गएपछि प्रधानमन्त्री साद हरिरीले राष्ट्रिय एकताका लागि सरकार गम्भीर रहेको बताएका छन् ।

हरिरीले मुलुकमा देखिएको संकट समाधानका लागि गठबन्धन साझेदारहरुलाई ७२ घण्टाको म्याद दिएका छन् । सत्ता सम्हालेको एक वर्ष नपुग्दै हरिरी सरकारमाथि संकट आएपछि राष्ट्रका नाममा सम्बोधन गर्दै लेबनानको आर्थिक विकासका लागि आफू प्रयासरत रहेको उनले बताएका छन्।

देशको आर्थिक समस्या समाधानका लागि सबैले मिलेरअघि बढ्ने बेला आएको उनको सम्बोधनका क्रममा उल्लेख गरेको अलजजिरा टेलिभिजनले जनाएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage