scheduleआइतवार मंसिर १ गते, २०७६

प्रतिबन्धित नेकपाका ४ जना कार्यकर्ता पक्राउ


पर्वत, २ कात्तिक । पर्वतमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका ४ जना कार्यकर्तालाई प्रहरीले कारागार चलान गरेको छ ।

कारागार चलान हुनेमा कास्की जिल्ला सेक्रेटरी जंगबहादुर भण्डारी, नेकपा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य मिलन राई, अखिल क्रान्तिकारी कास्कि जिल्ला अध्यक्ष काजी गुरुङ र बागलुङ ढोरपाटन नगरपालिका ६ का महेन्द्र भण्डारी रहेका छन् ।

जिल्ला अदालतले असोज २८ गते चारै जनालाई जनही ५ हजार धरौटी बुझाउने गरी रिहा गर्ने आदेश दिएको थियो ।उनीहरुलाई अदालतबाट छुट्ने बित्तिकै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।
शुक्रबार धरौटी बुझाउन अदालत गएको समयमा धरौटी बुझाएपछि पुनः पक्राउ गरिएको प्रहरी निरीक्षक रायमाझीले जानकारी दिए । पर्वत प्रहरीले उनीहरुलाई सार्वजनिक स्वास्थ्य विरुद्ध अभद्र व्यवहार गरेको आरोपमा मुद्दा दायर गरेको थियो ।

नियन्त्रणमा रहेका चारैजना प्रतिबन्धित नेकपाका कार्यकर्ताहरुले विना पक्राउ पुर्जी कानुनी राज्यको उपहास गरी आफुहरुलाई पटक पटक गिरफ्तार गरेको भन्दै विरोध गरेका थिए । अदालत परिसरमानै पत्रकार सम्मेलन गरी उनीहरुले राज्यले गैरकानुनी रुपमा आफुहरुलाई पटक पटक गिरफ्तार गर्ने गरेको कास्की जिल्ला सेक्रेटरी जंगबहादुर भण्डारीले आरोप लगाए ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage