scheduleआइतवारबैशाख ५ गते, २०७८

सर्वोच्चको फैसलाः कि भ्रष्टाचार मौलाउँछ कि जनप्रतिनिधि बौलाउँछ !

काठमाडौं, २ कात्तिक । ‘सम्भव छ- केन्द्र प्रदेश, स्थानीय, सबैले बिधायकी योगदान बिना तलब लिने स्वयंसेवी राजनीतिको प्रचलन स्थापित गरौं- स्विट्जरलेन्डजस्तो । अन्यथा- स्थानीयलाई मात्र पारिश्रामिक रोक्ने सर्वोच्चको फैसला उचित लागेन मलाई त । यो त ठूलालाई पोस्ने, सानालाई चुस्ने नीति भैगो नि ।’

यो प्रस्ताव हो- राजनीतिक विश्लेषक तथा समाजवादी पार्टीका उपमहासचिव डम्बर खतिवडाको । शुक्रबार सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिले पारिश्रमिक लिने अभ्यासलाई असंवैधानिक हुने फैसला गरेपछि यसबारे फरक फरक जोड र कोणबाट प्रतिक्रिया आइरहेको छ । खतिवडा संघीय र प्रदेश तहका प्रतिनिधिले पनि सुविधा लिन नहुने कि भने तलैसम्म दिनुपर्ने तर्क गर्छन् ।

एकराज खनालको तर्क छ, ‘यो संघीयता भनेको त परजिवि उत्पादन गर्ने कारखाना पो रहेछ । केन्द्रदेखि स्थानीय निकायसम्मका सबै नेताहरु आसेपासे झोले चाकडीबाजहरु मिलेर कसरी कहाँबाट भष्ट्राचार गर्ने, कसरी जनता ढाँट्ने, कसरी लुटने भन्दा अरु केही नगरेको नभएको देखियो ।’ खनालको तर्क संघीयताको विकृत अभ्यासप्रति लक्षित देखिन्छ ।

वरिष्ठ पत्रकार किशोर नेपालले जनप्रतिनिधिलाई तलब नदिने सर्वोच्चको निर्णयविरुद्ध रोष नै प्रकट गरे । यसबारे अदालतलाई कुनै सरोकार नै नभएको उनको तर्क छ ।

उता नेकपा नेता तथा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले अदालतको फैसला असंगतिपूर्ण भएको भन्दै सामाजिक सञ्जालमै प्रतिक्रिया दिए ।

यो पनि-
जनप्रतिनिधिको तलबबारे सर्वोच्चको फैसलाप्रति मुख्यमन्त्री पोखरेलको असन्तुष्टि

शोभा पौडेल जिसी ट्वीट सन्देशमार्फत् अदालतको यस्तो निर्णयले भ्रष्टाचार थप मौलाउने बताउँछिन् । सबैले घर चलाउनुपर्ने र यत्तिकै कसैले पनि जनताको सेवा गर्न नसक्ने उनको तर्क छ ।

एलपि पौडेलको भनाई पनि शोभा पौडेलको जस्तै छ । उनी पनि तलब पाउनुपर्नेमा जोड दिन्छन् ।

लेखक तथा विद्यार्थी नेता यादव देवकोटा पनि तलब दिन नहुन निर्णयको विरुद्धमा छन् ।

अर्का ट्विटर प्रयोगकर्ता दिपेश कटुवालको तर्क पनि उस्तै छ । उनी स्थानीय जनप्रतिनिधिलाई तलब नदिए प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरुलाई पनि तलब दिन नहुने तर्क गर्छ ।

नवीन शाहीले एक लाइनमा सर्वोच्चको निर्णयको प्रतिक्रियात्मक सार खिचेका छन् । उनी भन्छन्-

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay