scheduleशुक्रवार मंसिर ६ गते, २०७६

आख्यानकार पाण्डे भन्छन्- देउवाप्रति घृणा जाग्यो, नमस्कार पनि गर्दिनँ


काठमाडौं, २ कात्तिक । आख्यानकार नयनराज पाण्डेले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई नभेट्ने र भेटिँदा नमस्कार पनि नगर्ने घोषणा गरेका छन् ।

‘देउवा उपस्थित हुने कुनै कार्यक्रममा कहिल्यै नजाने एकल निर्णय गरेको छु।अपराधलाई राजनीतिक आवरण दिने जोसुकै हुन्, तीप्रति घृणा छ’, शनिबार बिहान एक ट्विटर सन्देश जारी गर्दै पाण्डेले लेखेका छन्,’ भावुकतानै सही, यति रिस पाल्न म स्वतन्त्र छु । मेरो चेतनामा मेरै हक लाग्छ, मेरै शासन चल्छ ।’

कांग्रेसबाट सांसदमा विजयी मोहम्मद अफताब आलमको पक्षमा अभिव्यक्ति दिएको भोलिपल्ट आख्यानकार पाण्डेले यस्तो घोषणा गरेका हुन् ।

देउवाले शुक्रबार आलमको बचाउ गर्दै पुराना मुद्दा ब्युँताएर आलमलाई पक्राउ गरिएको भन्दै सरकारको आलोचना गरेका थिए । ‘१२ वर्षअघिको घटना ल्याएर अहिले पक्राउ गर्न पाइन्छ ?’ कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले भक्तपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा देउवाले भनेका थिए,’ त्यतिबेला के हेरेर बसेको ?’

१२ वर्ष पहिले बम विस्फोटमा घाइते भएका केही व्यक्तिलाई जिउँदै इटा भट्टामा हालेर हत्या गरेको आरोपमा पक्राउ परेका कांग्रेस सांसद आलमको बचाऊ गरेपछि देउवाको चर्को आलोचना भइरहेको छ ।

यो पनि-
साझा पार्टी सत्तामा आएपछि मिश्रले देउवालाई जेल हाल्ने !

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage