ग्रान्डीको रुम नं. ९१५ मा प्रधानमन्त्री ओलीको एकदिन
काठमाडौं, २ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दिनभरी अस्पतालमा समय बिताएका छन् ।
काठमाडौंको धापासीमा रहेको ग्राण्डी अस्पतालमा शुक्रबार बिहान ९ बजे पुगेका ओलीले दिनभरी स्वास्थ्य जाँच गराएर साँझ बालुवाटार फर्किएका हुन् । सिंगापुरमा लामो समय उपचार गराएर २० भदौमा नेपाल फर्किएपछि ओलीले पहिलो पटक स्वास्थ्य उपचारको लागि लामो समय खर्चिएका हुन् ।
ग्रान्डीको रुम नं. ९१५ मा बसेर स्वास्थ्य उपचार गराएको अस्पताल स्रोतले बताएको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार फलोअपका लागि अस्पताल पुगेको र रिपोर्टहरु आउन बाँकी नै रहेको बताएको छ ।