तिहारमा १० बजेपछि देउसी भैलो खेल्न नपाइने

लमजुङ, २ कात्तिक । जिल्ला प्रशासन कार्यालय लमजुङले तिहारमा १० बजेपछि देउसी भैलो खेल्न प्रतिबन्ध लगाएको छ ।
एक सूचना जारी गर्दै सुरक्षालाई प्रतिकूल असर पर्ने अरु काम नगर्न पनि जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।
लमजुङका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले तिहारमा रक्सी बिक्री वितरणमा पनि पूर्ण प्रतिबन्ध लगाएको जनाएका छन् । दिउँसो खेलिने देउसी भैलोले पनि सडक अवरुद्ध गर्न नपाइने जिल्ला प्रशाशन कार्यलयले जनाएको छ ।