scheduleबुधवार जेष्ठ १४ गते, २०७७

अमेरिकाले सिरियाबाट फिर्ता हुन लागेका आफ्ना सेना इराकमा तैनाथ गर्ने

एजेन्सी, ३ कात्तिक । अमेरिकाले हालै सिरियाबाट फिर्ता भएका आफ्ना सेनालाई इराक पठाउने तयारी गरेको छ ।

शनिबार अमेरिकी रक्षामन्त्री मार्क एस्परले सिरिया छोड्न लागेका सेनालाई इराक पठाउन लागेको जानकारी दिएका हुन् । सिरियाबाट फिर्ता हुन लागेका १ हजार अमेरिकी सेनालाई पश्चिमी इराकमा तैनाथ गर्ने एस्परले प्रस्ट पारे । आईएसआईएस लडाकुबाट इराकलाई सुरक्षित राख्नका लागि यस्तो कदम चालिएको उनले बताए ।

Dish_Home

‘हाल उत्तरी सिरियाबाट अमेरिकी सेना फिर्ता हुने कार्य जारी छ’, एस्परले भने, ‘केही हप्तामा उक्त क्षेत्रबाट सबै अमेरिकी सेना फिर्ता हुनेछन् ।’ ‘ती सेनालाई पश्चिमी इराकका तैनाथ गर्ने तयारी भइरहेको छ’, उनले थपे ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय