scheduleमगलवार जेष्ठ १३ गते, २०७७

राति १० बजेपछि कर्णाली राजमार्गमा सवारीसाधन रोक

फाइल फोटो

कालिकोट, ३ कात्तिक । कर्णाली राजमार्गमा राति १० बजेपछि यातायत सेवा बन्द गरिने भएको छ । जिल्ला प्रहरी कार्यालय कर्णाली राजमार्ग कालिकोटले चाडपर्वलाई लक्षित गर्दै बिग्रदै गएको राजमार्गमा यात्रुहरुको सुरक्षाका लागि राति १० बजेपछि यातायात सेवा बन्द गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी श्यामबाबु ओलीयाले साँगुरो कर्णाली राजमार्गका अधिकांश ठाँउमा सवारीसाधन दोहोरो आवतजावत गर्न समस्या हुने, सडक मर्मत सुधार नहुँदा ठाँउ ठाँउमा खाल्डा खुल्डी परेको हुँदा बढी दुर्घटना हुन सक्ने जोखिमयुक्त सडक भएकाले राति १० बजेपछि यातायात सेवा बन्द गरिने जानकारी दिए ।

उनले सडकको अवस्था र दुर्घटनाको जोखिमका कारण राजमार्गमा गुड्ने सम्पुर्ण सवारी साधनहरुलाई राति १० बजेपछि गुड्न नदिइने पनि बताए । जुम्ला जाने गाडीहरुलाई जिल्ला सदरमुकाम नजिकैको प्रहरी चौकी ताडीले रोक्ने र सुर्खेत जाने सवारी साधनहरुलाई हुल्म प्रहरी चौकीले रोक्ने तयारी गरिएको उनले जानकारी दिए ।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय