scheduleसोमवार आश्विन १२ गते, २०७७

पारसले ‌‌औपचारिक रुपमा राजीनामापत्र बुझाएका छैनन्: क्यान

काठमाडौं, ३ कात्तिक । नेपाल क्रिकेट संघ (क्यान) को नयाँ कार्यसमितिको पहिलो बैठक आज दिउँसो १ बजे बस्दैछ ।

आइसिसीले निलम्बन फुकुवा गरेपछि हालै निर्वाचित क्यानको कार्यसमिति बैठक आइतबार दिउसो बस्न लागेको हो । आजको बैठकमा कार्यालय संचालन र भावी योजनाबारे छलफल हुने क्यानले जनाएको छ ।

क्यानका अध्यक्ष चतुर बहादुर चन्दले बैठकमा आईसीसीलाई धन्यवाद दिने, आगामी दिनमा क्यानका गतिविधि कसरी अगाडि बढाउने र कार्यालय संचालन गर्ने लगायतका विषयमा छलफल गर्ने जानकारी दिएका छन् ।

त्यस्तै पारस खड्काले क्यानसमक्ष  कप्तानबाट औपचारिक रुपमा राजीनापत्र नबुझाएको समेत चन्दले बताए । यही भएर खड्काको राजीनामाबारे आजको बैठकमा कुनै छलफल नहुने उनको भनाइ छ ।

आइसिसीले असोज ११ गते भएको निर्वाचनबाट नयाँ नेतृत्व चयन भएपछि साढे ३ वर्षदेखि क्यानमाथि लागेको निलम्बन सशर्त फुकुवा गरेको छ । निलम्बन फुकुवा भएको भोलिपल्ट नै नेपाली क्रिकेट टोलीका कप्तान खड्काले सामाजिक सञ्जालमार्फत् आफूले कप्तानीबाट राजीनामा दिएको बताएका थिए । तर उनले हालसम्म क्यानसमक्ष राजीनामापत्र बुझाएका छैनन् ।

खड्काको राजीनामा सामाजिक सञ्जालमा मात्रै देखिएकोले आफ्नो ध्यानाकर्षण भएको समेत क्यानले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय