scheduleमगलवार मंसिर ३ गते, २०७६

ब्रेकफास्ट अगाडि नै व्यापाम गर्दा दुगुणा फाइदा हुन्छः अध्ययन

काठमाडौं, ३ कात्तिक । आधुनिक जमानामा अस्वस्थ खानपान र अस्वभाविक जीवनशैलीका कारण स्वास्थ्यमा विभिन्न समस्या देखिने गरेका छन् ।

मानिसहरु आफ्नो रगतमा चिनीको मात्रा मिलाउन शारीरिक अभ्यास, व्यायामदेखि योगसम्म गरिरहेका हुन्छन् । तर जीवनशैलीमा सामान्य फेरबदल गर्दा पनि परिणाम धेरै फरक आउने एक अध्ययनले देखाएको छ ।

बेलायतको बाथ युनिभर्सिटीका अनुसन्धानदाताहरुका अनुसार खानाभन्दा पछि व्यायाम गर्ने मानिसभन्दा दुईगुणा मात्रामा मोटोपना नास्ताअगाडि व्यायाम गर्नेको घट्ने देखिएको छ ।

उक्त अध्ययनको नतिजा जर्नल अफ क्लिनिकल इन्डोक्रिनोलोजी एण्ड मेटाबोलिज्म मा छापिएको छ । रिसर्चरहरुले ६ हप्ताको अध्ययन गरेका थिए । जसमा मोटोपनको शिकार भएर अनावश्यक तौल भएका ३० पुरुष सहभागीहरु सहभागी थिए ।

प्राप्त नतिजाको तुलना दुई समूहसँग गरिएको थियो, जसमा व्यायामभन्दा पहिला नास्ता खाने र व्यायामपछि नास्ता खानेहरु सहभागी थिए । अनुसन्धानका अनुसार, व्यायामभन्दा पहिला नास्ता गर्नेको मांशापेशीहरुमा बढी रहेको भेटियो ।

 

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage