scheduleसोमवार आषाढ़ २२ गते, २०७७

अक्टोबर ३१ मा नै बेलायत ईयुबाट बाहिरिन्छ : मन्त्री माइकल गोभ

एजेन्सी, ३ कात्तिक । बेलायतले यही अक्टोबर ३१ मा नै युरोपेली युनियन छोड्ने बेलायतका एक मन्त्रीले बताएका छन् ।

आइतबार मन्त्री माइकल गोभले अक्टोबर ३१ मा नै युरोपेली युनियनबाट बेलायत बाहिरिने बताएका हुन् ।

प्रधानमन्त्री बोरिस जोनसोनले ब्रेक्जिटका लागि समय थप गर्न भन्दै युरोपेली युनियनलाई पत्र लेखेको केही समयपछि गोभले यस्तो टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री जोनसनले युरोपेली युनियन छोड्नका लागि बेलायतलाई थप समय दिन पत्रमा अनुरोध गरेका छन् । तर उनले आफ्नो पत्रमा भने हस्ताक्षर गरेका छैनन् ।

हस्ताक्षर नगरी ईयुलाई पठाएको पहिलो पत्रलगत्तै जोनसनले दोस्रो पत्र समेत लेखेको र उक्त पत्रमा समय थप गर्नु गल्ती हुने उल्लेख गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

पहिलो पत्रमा जोनसनले संसद्‍मा आफूले गरेको सहमतिविनाको ब्रेक्जिट सम्झौता (नो डिल ब्रेक्जिट) को सम्भावना बारेको प्रस्ताव पारित नभएपछि अक्टोवर ३१ को समयसीमा लम्ब्याउन इयुलाई आग्रह गरेका थिए ।

इयू काउन्सिलका अध्यक्ष डोनल्ड टुस्कले ब्रेक्जिट सम्झौताका लागि समय थप्न भन्दै पत्र आएको कुरा ट्विट गरेका छन्।

संसद्‍मा शनिबार भएको मतदानबाट आफ्नो प्रस्ताव अस्वीकृत भएपछि प्रधानमन्त्री जोनसनले समय थप गर्न अनुरोध गर्दै पत्र पठाएका हुन् । गत महिनामा नै सांसदले सयम थप गर्नका लागि ईयुलाई पत्र लेख्नुपर्ने बताएका थिए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय