scheduleसोमवार आश्विन १२ गते, २०७७

क्यानको भावी योजना बनाउन विभिन्न समिति गठन

काठमाडौं, ३ कात्तिक । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेटको भावी कार्ययोजना बनाउन विभिन्न समितिहरु गठन गरेको छ ।

क्यान केन्द्रिय कार्य समितिको आईतबार काठमाडौंको मूलपानीस्थित केन्द्रिय कार्यालयमा बसेको बैठकले क्यानको भावी योजनाहरु तय गर्न प्रतियोगिता समिति, प्राविधिक समिति, मिडिया समिति र आर्थिक समिति पनि गठन गरेको हो ।

प्राविधिक समितिमा सञ्जयराज सिंह, आर्थिक समितिमा रोशनबहादुर सिंह, प्रतियोगिता समितिमा प्रशान्त मल्ल र संचार समितिमा अशोकनाथ प्याकुरेललाई संयोजक तोकिएको छ ।

क्यानमा भावी योजना तय गर्न ती समितिहरुलाई जिम्मेवारी पनि दिइएको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए ।

बैठकले कप्तान पारस खड्काले दिएको राजीनामाको विषयमा भने कुनै निर्णय गरेन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय