scheduleशुक्रवार मंसिर ६ गते, २०७६

पराजित हुनबाट जोगियो लिभरपुल

काठमाडौँ, ४ कात्तिक । गएराति भएको प्रिमियर लिगमा भएको खेलमा लिभरपुल र म्यानचेस्टर युनाइटेडबीचको खेल एकएक गोलको बराबरी सकिएको छ ।

म्यानुको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले म्यानुलाई खासै दबाबमा राखेर खेल्न सकेन । निकै दबाबमा रहेको म्यानुले भने उत्कृष्ट काउन्टर अट्याकिङ खेल खेलेको थियो ।

म्यानुका लागि खेलको ३६ औं मिनेटमा मार्कोस राष्फोर्डले गोल गरेका थिए । पहिलो हाफको अन्तिम समयमा साडियो मानेले गोल गरे तर, ह्याण्डबल भन्दै गोललाई मान्यता दिइएन ।

अपराजित यात्रालाई कायम राख्न लिभरपुलले खेलमा फर्कन हरसम्भव प्रयास गरेको थियो । अन्तिम समयमा आउँदा लिभरपुल म्यानुमाथि विस्तारै हाबी देखिएको थियो । लिभरपुलका लागि खेलको ८५ औं मिनेटमा रोबर्टसनको पासमा एडम लालनाले बराबरी गोल फर्काए ।
लिगको शिर्षस्थानमा रहेको लिभरपुलको २५ अंक रहेको छ । आठ खेलमा शतप्रतिशत नतिजा निकालेको लिभरपुल म्यानचेस्टर सिटीभन्दा ६ अंकले अगाडि रहेको छ ।

९ खेलमा १० अंक जोडेको युनाइटेड १३ औं स्थानमा छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage