scheduleशुक्रवार मंसिर ६ गते, २०७६

लुकाकु र मार्टिनेज चम्किदाँ इन्टर मिलानको रोमाञ्चक जित

काठमाडौँ, ४ कात्तिक । इटालियन लिग सेरिया मा इन्टर मिलानले सस्सुलोलाई ४-३ गोलले पराजित गरेको छ ।

इन्टर मिलानलाई जित दिलाउन रोमेलु लुकाकु र लउटारो मार्टिनेजले दुई गोल गरे ।

त्यस्तै सस्सुलोका लागि डोमिनिको बेरार्डी, फिलिप, जेरेमा बोगाले एकएक गोल गरे ।

खेलको दोस्रो मिनेटमा नै मार्टिनेजले गोल गर्दै इन्टर मिलानलाई अग्रता दिलाए ।

खेलको १६ औँ मिनेटमा बेरार्डीले बराबरी गोल फर्काए । त्यसपछि खेलमा चम्किए लुकाकु ।

उनले खेलको ३८ औँ र ४५ औँ मिनेटमा गोल गरे ।

खेलमा फर्कन सस्सुलोले बारम्बार प्रयास गरेको थियो । खेलको ७४ औँ मिनेटमा फिलिपले गोल गरे । खेलको ८१ औँ मिनेटमा बोगाले गोल गरे । यो जितसँगै इन्टर मिलानले ८ खेलबाट २१ अंक जोडेको छ । सस्सुलोले ७ खेलबाट ६ अंक जोडेको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage