scheduleमगलवार जेष्ठ २० गते, २०७७

जिग्रीको आक्रोशः उजुरी मात्र किन हातमा हत्कडी नै लगाएर थुनिदिनुस्

काठमाडौँ, ४ कात्तिक । मिडिया हबले सक्कीगोनी टिमविरुद्ध मुद्धा दर्ता गरेको छ ।

नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आइरहेको भद्रगोल हाँस्य कार्यक्रममा विवाद भएपछि अधिंकाश कलाकार छुट्टिएर सक्कीगोनी टिम निर्माण गर्दै हाँस्य कार्यक्रम निर्माण गर्दै आइरहेका थिए ।

Dish_Home

तर, मिडिया हबले भद्रगोल आफ्नो कार्यक्रम भएको र यसका पात्रहरुपनि आफ्नै भएको हुँदा पात्रहरु चोरीको आरोप सक्कीगोनीमाथि लगाएको छ ।

भद्रगोलबाट सक्कीगोनी टिम निस्किएपछि भद्रगोल सिरियल हेर्ने दर्शक घटेका छन् भने उक्त कार्यक्रमलाई मननपराउने संख्या पनि अधिक रहेको युट्युबमा प्रष्ट देखिन्छ । त्यस्तै सक्किगोनी सिरियल लगातार दर्शकहरुको सबैभन्दा मनपर्ने कार्यक्रम बनिरहेको छ । यसबीच मिडिया हबले चालेको कदमका कारण सक्किगोनी टिमलाई ठुलो झट्का लागेको छ । यो समस्या अगाडि आइ परेपछि कुमार कट्टेल अर्थात् सक्किगोनीका पात्र जिग्रीले फेसबुकमा आफ्नो  आक्रोश व्यक्त गरेका छन् । उनले स्टाटस लेख्दै भनेका छन्, ‘यही देश मा बसेर कलाकारिता गर्नु र कलाकार बन्नु नै मेरो गल्ती हो भने उजुरी मात्र किन हात मा हत्कडी नै लगाएर थुनिदिनुस ।’

मिडिया हबले उजुरी गरेपछि आइतबार प्रहरीले कुमार कट्टेल ‘जिग्री’, अर्जुन घिमिरे पाँडे लगायतका कलाकारलाई बोलाएर सोधपुछ गरेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय