scheduleमगलवार मंसिर ३ गते, २०७६

१७ क्विन्टल चिनीसहित २ पक्राउ

बारा, ४ कात्तिक । जिल्ला प्रहरी कार्यलय बाराले भन्सार छलेर ल्याउँदै गरेको चिनि सहित २ जनालाई पक्राउ गरेको छ । कलैया उप महानगरपालिका २५ बस्ने दिनेश पाण्डे र रमेश तिवारीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याएको चिनि लुकाएर राखेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

गोप्य सूचनाको आधारमा पुगेको जिल्ला प्रहरी कार्यालयको टोलीले झन्डै १७ क्विन्टल अर्थात् १ लाख ५० हजार मूल्य बराबरको चिनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक विकाशराज खनालले बताए ।

प्रहरीले अवैध चिनि, बोरा सिलाउने मेसिन थान १ र विभिन्न चिनि उत्पादन कम्पनिको नाम उल्लेखित खाली बोरा २ सय थान बरामद गरेको जनाएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage