scheduleबिहिवार कार्तिक २८ गते, २०७६

डिभि भर्नका लागि राहदानी बनाउनेको सङ्ख्या बढ्यो

दाङ, ४ कात्तिक । सयुक्त राज्य अमेरिकाले सन् २०२१ का लागी खुला गरेको अमेरिकी डाइभर्सिटी भिसा (डीभि) भर्नका लागी राहदानी नम्बर, म्याद र ईमेल ठेगाना अनिवार्य गरे पछि दाङमा अहिले राहदानी बनाउनेको संख्या बढेको छ । दुतावासले डिभि भर्न राहदानी अनिवार्य गरेपछि दाङमा डिभि भर्नेको संख्या गत वर्षको तुलनामा यस वर्ष बढेको छ ।

राहादानीका लागि जिल्ला प्रशासन, ईलाका प्रशासन कार्यालयमा आवेदन दिन थालेका छन् । डिभि भर्नका लागी राहदानी नम्वर, राहदानीको म्याद अनिवार्य उल्लेख गर्नुपर्ने प्रावधान छ । जसले गर्दा अहिले डिभि भर्नेको संख्या भन्दा राहदानी लिनेको संख्यामा बृद्धि भएको सम्वन्धित कार्यालयले जनाएको छ ।

यता ईलाका प्रशासन कार्यालय तुलसीपुरमा राहदानी लिनेको दिनहु भिड लाग्ने गरेको कार्यालय जनाएको छ । कार्यालयका सुचना अधिकारी यादव भुसालका अनुसार राहदानी सेवा लिनेको संख्या ह्वात्तै बढेपछि कार्यालयमा भ्याईनभ्याई छ । अन्य समयमा राहदानी लिनेको संख्या दैनिक सरदर १५/२० जना हुने गरेकोमा अहिले दैनिक एक सय भन्दा बढी छ ।

यस्तै जिल्ला प्रशासन कार्यालय दाङमा पनि राहदानी लिनेको संख्यामा तेब्वरले बृद्धि भएको कार्यालयका राहदानी प्रमुख नवराज शर्माले जानकारी दिए । अन्य समयमा कार्यालयमा राहदानी लिनेको संख्या दैनिक सरदर २० जना रहेकोमा अहिले दैनिक ५०/६० जना संख्या रहेको उनले बताए । उता ईलाका प्रशासन कार्यालय लमहीमा पनि राहदानी लिनेको संख्यामा बृद्धि भएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage