scheduleबिहिवार कार्तिक २८ गते, २०७६

भारतीय सेनाको अपहरण शैलीमा एक नेपाली पक्राउ

कपिलवस्तु, ४ कात्तिक । भारतको सशस्त्र सीमा सुरक्षा बलले हिजो साँझ एक जना नेपालीलाई अपहरणशैलीमा भारत तर्फ लगेका छन् ।

जिल्लाको मायादेवी गाउँपालिका – १ पकडी चौराहाबाट ६ जनाको संख्यामा आएको भारतीय प्रहरीको टोलीले गाउपालिका – ४ का ४० वर्षका रमजान मुसलमानलाई भारतीय नम्बर प्लटेको स्कार्पियो गाडिमा भारत तर्फ लगेको प्रत्यक्षदर्शीले बताए ।

रमजानलाई लवनीको बाटो हुँदै हथिहवा दोहनी हुँदै भारतीय बजार भगवानपुर तर्फ लगिएको प्रत्यक्षदर्शीले बताएका छन् । रमजालई के कारणले लगिएको हो भन्ने विषय स्पष्ट हुन सकेको छैन । प्रहरी नायब उपरिक्षक सुनिल मल्लले भारतमा गरिएको १० लाख चोरीको मुद्दामा रमजानलाई पक्राउ गरेर लगिएका घटना सुनिएको बताए ।

विगत चार दिनदेखि भारतीय प्रहरीको टोली तौलिहवा स्थित होटल शंकरमा बस्दै आएका थिए । स्थानीयका अनुसार रमजानलाई बिगत दुई वर्षदेखि भारतीय प्रहरीले पक्राउ गर्न खोजेको थियो । त्यसकालागि पटक पकट भारतीय प्रहरी अभिराव र आसपासका गाउँ समेत आउने गरेको थियो । घटना विषयमा बुझ्ने काम भइरहेको प्रहरी नायब उपरिक्षक मल्लले बताए ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage