scheduleमगलवार फाल्गुन १३ गते, २०७६

यस्तो छ बेलायतकै ठूलो परिवार, घर सफा गर्न मात्रै ३ घण्टा लाग्छ

एजेन्सी, ४ कात्तिक । सु र्‍‍याडफोर्ड र नोइल र्‍याडफोर्डको परिवार बेलायत कै सब‌ैभन्दा ठूलो परिवार हो । ४४ वर्षीया सु र ४८ वर्षीय नोइलले हालसम्म २१ जना सन्तान जन्माइसकेा छन् ।

आइतबार मात्रै सु र नोइलले २२ औ सन्तान जन्माउन लागेको जानकारी दिएका छन् । सुले युट्युवमा अल्ट्रा साउण्डको इमेज देखाउँदै ‘हामीहरु फेरि अर्को सन्तान जन्माउन गइरहेका छौं’, भनेकी छन् । हाल आफू १५ हप्ताको गर्भवती भएको र अप्रिलमा २२ औ सन्तान जन्माउने सुले बताइन् । २२ औ सन्तान छोरा होस् भन्ने उनको चाहना छ ।

सुर र नोइल आफ्ना सन्तानसहित १० वटा बेडरुम भएको घरमा बस्छन् । नोइलले पाउरोटी बेचेर कमाएको पैसा र बाल कल्याणबापत प्रतिहप्ता सरकारले दिने १ सय ७० पाउण्डले उनीहरुको परिवार चलेको छ ।

क्रिस, सोफी र क्लोबाहेक सबै सन्तान सु र नोइलसँग नै बस्छन् । छोरी सोफीले ३ जना सन्तान समेत पाइसकेकी छन् ।

नवौं बच्चा जन्मेपछि सु र नोइलले परिवार नियोजन गर्ने निधो गरेका थिए । सोही अनुरुप नोइलले भ्यासेक्टोमी गरे पनि । तर पछि दुबैजनाले थप सन्तान जन्माउने भनेर नोइलको भ्यासेक्टोमी हटाएका थिए ।

सु र नोइलका पहिलो सन्तान क्रिस ३० वर्षका भएका छन् । उनीहरुले दोस्रो सन्तानको रुपमा छोरी सोफी जन्माएका थिए । सोफी हाल २५ वर्षकी भएकी छन् ।

त्यस्तै २३ वर्षीया छोरी क्लो, २२ वर्षीय छोरा ज्याक, 20 वर्षीय डेनियल, १८ वर्षीय ल्युक, १७ वर्षीया मिली, १६ वर्षीया केटी, १५ वर्षीय जेम्म, १४ वर्षीय इली, १३ वर्षीया आएमी, १२ वर्षीय जोश र ११ वर्षीय म्याक्स समेत सु र नोइलका सन्तान हुन् ।

सु र नोइलको अर्की छोरी टिली ९ वर्षकी भएकी छन् । साथै ७ वर्षीय छोरा ओस्कार,  ६ वर्षीय क्यास्पर, ३ वर्षीय ह्याली, २ वर्षीय फोबी र १ वर्षीय आर्की समेत उनीहरु कै सन्तान हुन् । दुबैजनाले २१ ‌ ‌औं सन्तानको रुपमा गत नोभेम्बरमा बोनी रायलाई जन्माएका थिए ।

हरेक हप्ता आफूसँग बस्ने १८ जना सन्तानको पालनपोषण गर्न ३ सय ५० पाउण्ड लाग्ने सुले बताइन् । धेरै सन्तानको हेरचाह गर्नुपर्ने भएकाले उनलाई बाहिर निस्कने फुर्सद समेत हुँदैन । घर सफा गर्न मात्रै ३ घण्टा लाग्ने उनले भनिन् । छोराछोरालाई खाना खुवाउँदा, उनीहरुका लुगा धुँदा उनलाई दिनभर लाग्छ ।

सुलाई छोराछोरीका लुगा धुन १ दिनमा वासिङ मेशिन ९ पटक चलाउनुपर्ने हुन्छ । खाने कुरा र घरमा चाहिने सामान पनि अति नै धेरै किन्नुपर्ने हुन्छ । सुको परिवारका लागि हरेक दिन १८ पिन्ट दूध, ६ वटा ट्वाइलेट रोल र खाद्यान्नका ३ वटा पोका चाहिन्छन् ।

सु र नोइल कहिलेकाहीं सन्तानले घरमा वाक्क पार्दा सिनेमा हेर्न समेत जाने गर्छन् । पानी परेको दिनमा, स्कूल विदा हुँदा र छोराछोरीका लागि समय बिताउने कुरा नहुँदा सु र नोइनल सन्तानसँगै बाहिर घुम्न निस्कन्छन् ।

तर सिनेमा हेर्न वा रमाइलोका लागि बाहिर घुम्न जाँदा प्रतिव्यक्ति १० पाउण्ड लाग्ने सुले बताइन् । त्यही भएर कहिलेकाहींमात्रै सिनेमा हेर्न जाने उनले बताइन् ।आफ्नो परिवार निकै ठूलो भएकाले ४ जनालाई मात्रै छुट हुने सिनेमा हल वा स्थल नजाने उनी बताउछिन् । इन्टरनेटमा हेरेर धेरै जनालाई छुट दिने ठाउँमा मात्रै घुम्न जाने सुको भनाइ छ ।

त्यसैले बाहिर जानु परे फ्यामिली पिकनिकका लागि निस्कने, छोराछोरीलाई लिएर पार्क वा समुन्द्री किनारामा जाने गरेको सुले बताइन् । यसरी पार्क र समुन्द्री किनारामा जाँदा पैसा नलाग्ने उनको भनाइ छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय