scheduleबिहिवारफाल्गुन २० गते, २०७७

गायक दुर्गेशविरुद्ध प्रहरीमा उजुरी, तिहारले गीत विवादमा


काठमाडौं, ४ असोज । गायक दुर्गेश थापाले तिहारको सन्दर्भमा गाएको गीतविरुद्ध उजुरी परेको छ । थापाले निकालेको ‘ह्याप्पी तिहार चिसो बियर…’ बोलको गीत विवादमा तानिएको हो ।

गीतमा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने शब्द राखिएकाले त्यसलाई युट्युबबाट हटाउनुपर्ने भन्दै उजुरी परेको पछि प्रहरी दुर्गेशको पछि लागेको छ ।

कानुनी रुपमा प्रतिबन्धित गाँजा खानुपर्छ भन्दै गीत गाएपछि दुर्गेशविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेपछि थापाको खोजी भइरहेको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए ।

एसएसपी थापाका अनुसार आफुविरुद्ध उजुरी परेको थाह पाएपछि दुर्गेशले प्रहरीसँग सम्पर्क गरेर मंगलबार आफैं प्रहरी परिसरमा आउने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay