scheduleशनिवार कार्तिक ३० गते, २०७६

जस्टिन ट्रुडो पुनः क्यानडाको प्रधानमन्त्री बन्ने, बहुमत ल्याउन भने असफल

एजेन्सी, ५ कात्तिक । क्यानडामा सोमबार भएको संघीय निर्वाचनमा प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल पार्टीले जित हात पारेको छ ।

संघीय निर्वाचनमा सत्तारुढ दलले अन्य दलभन्दा बढी स्थानमा जित हात पारेपछि ट्रुडो दोस्रो कार्यकालका लागि पुन: क्यानडाको प्रधानमन्त्री बन्ने भएका छन् ।

सोमबार भएको कडा प्रतिस्पर्धामा प्रधानमन्त्री ट्रुडोक पार्टीले बहुमत ल्याउन भने सकेको छैन । बहुमत ल्याउन नसकेपछि उनले अल्पमतको सरकार गठन गर्नुपर्ने भएको छ ।

संसदमा धेरै सिट हात पारेपनि विधेयक पारित गर्नका लागि ट्रुडोलाई अन्य दलको सहयोग चाहिनेछ । संघीय निर्वाचनमा सत्तारुढ लिबरल पार्टीले १५६ सिटमा जित हात पार्ने अपेक्षा गरिएको छ ।

क्यानडामा बहुमतको सरकार गठन गर्न १७० सांसद चाहिन्छ । तर ट्रुडोको पार्टीलाई बहुमतका लागि १४ सिट अपुग हुने भएको छ ।

सन् २०१५ को संघीय निर्वाचनमा भारी बहुमतका साथ प्रधानमन्त्री बनेका ट्रुडोको लोकप्रियता भने दोस्रो कार्यकालसम्म आइपुग्दा घटेको छ ।

ट्रुडोले प्रगतिशील योजनामार्फत् ‘वास्तविक परिपर्तन’ गर्ने वाचा गर्दै २०१५ को चुनाव जितेका थिए । तर चुनावताका गरेका प्रतिबद्धता पूरा नगरेको भन्दै उनका समर्थक रुष्ट बनेका छन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage