scheduleआइतवार मंसिर १४ गते, २०७७

सन् २०२० मा घुम्नै पर्ने १० उत्कृष्ट देशः शीर्ष स्थानमा भुटान, सूचीमा अटेन नेपाल

काठमाडौं, ५ कात्तिक । पर्यटकले सन् २०२० मा घुम्नै पर्ने १० उत्कृष्ट पर्यटकीय मुलुकको सूची सार्वजनिक गरिएको छ ।

विश्वभरका पर्यटकलाई पर्यटकीय सूचना र जानकारी प्रदान गर्दै आएको ‘लोनली प्लानेट’ नामक संस्थाले सोमबार उक्त सूची सार्वजनिक गरेको हो । सूचीको पहिलो नम्बरमा दक्षिण एसियाली भुटान मुलुक रहेको छ ।

त्यस्तै दोस्रो नम्बरमा इङल्याण्ड, तेस्रो नम्बरमा उत्तरी मेसेडोनिया, चौथो नम्बरमा अरुबा र पाँचौ नम्बरमा स्वाजिल्याण्ड रहेका छन् । छैटौ, सातौ, आठौं, नवौ र दसौ नम्बरमा क्रमशः कोस्टारिका, नेदरल्याण्ड, लाइबेरिया, मोरक्को र उरुग्वे छन् ।

तर सन् २०२० मा भ्रमण वर्ष मनाउने तयारी गरेको नेपालको नाम भने उक्त सूचीमा परेको छैन । ‘नेपाल भ्रमण वर्ष-२०२०’ तयारी गरिरहेको सरकार र आम नागरिकलाई भने यो सूचीले निराश बनाएको छ ।

साथै ‘लोनली प्लानेट’ले सन् २०२० मा भ्रमण गर्नै पर्ने १० वटा उत्कृष्ट पर्यटकीय सहरको सूची समेत सार्वजनिक गरेको छ । उक्त सूचीमा पनि नेपालको कुनै सहर परेको छैन् ।

सूचीको पहिलो नम्बरमा अष्ट्रियाको साल्सबर्ग परेको छ ।

यी हुन् २०२० मा घुम्नै पर्ने १० उत्कृष्ट पर्यटकीय सहर :  

१. साल्सबर्ग, अष्ट्रिया

२. वाशिङ्टन डि.सी, संयुक्त राज्य अमेरिका

३. कायरो, इजिप्ट

४. गलवे, आयरल्याण्ड

५. बोन, जर्मनी

६. ला पाज, बोलिभिया

७. कोची, भारत

८. भानकुभर, क्यानडा

९. दुबइ, संयुक्त अरब इमिरेट्स

१०. डेनभर, संयुक्त राज्य अमेरिका

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay