scheduleसोमवार मंसिर २ गते, २०७६

ट्रेनभित्रै यौन सम्पर्क गरेर बेपत्ता, खोजी कार्य तीब्र

सांकेतिक तस्बिर

एजेन्सी, ५ कात्तिक । स्कटल्याण्डको प्रहरीले सार्वजनिक स्थलमा छाडा र अश्लील क्रियाकलाप गर्ने एक जोडीलाई खोजिरहेको छ ।

प्रहरीले शनिबार राति स्कटल्याण्डको ग्ल्यास्गो देखि एडिनबर्ग जाँदै गरेको ट्रेनमा अश्लील व्यवहार गर्ने उक्त जोडीलाई खोजिरहेको बताएको हो ।  प्रहरीले खोजिरहेको जोडीले ट्रेनभित्रै अन्य यात्रुका सामु यौन सम्पर्क गरेका थिए ।

उनीहरुले सिट र टेबलमा विभिन्न यौन क्रियाकलाप गरेको प्रत्यक्षदर्शीले बताएका छन्  । यात्रा गर्ने क्रममा नै अत्याधिक उत्तेजना बढेपछि दुबै जनाले अन्य यात्रुलाई ख्याल नगरी यौन क्रियाकलापमा संलग्न भएका थिए । अन्य यात्रुले उनीहरुको क्रियाकलापलाई हेरिरहेका थिए ।

खाली सिटमा यौन सम्पर्क गरेलगत्ती दुबै जना ट्रेनबाट भागेका थिए । बेलायतको यातायात प्रहरीले शनिबार ट्रेनमा घटेको घटनाको सिसिटिभी फुटेजबारे अध्ययन भइरहेको बताएको छ ।

करिब २ मिनेटको सिसिटिभी फुटेजमामा उक्त जोडीले कामुक चुम्बन गरेको र विभिन्न सिटमा गएर यौन सम्पर्क गरेको भेट्टिएको प्रहरीले जनाएको छ ।

सार्वजनिक स्थलमा नै छाडा र अश्लील हरकत गर्ने जोडीको पहिचान भएमा सम्पर्क गर्न समेत प्रहरीले आग्रह गरेको छ । बेलायतको यातायात प्रहरीले एसएमएसमार्फत वा फोन गरेर उक्त छाडा जोडीबारे जानकारी दिन सबैलाई अनुरोध समेत गरेको छ ।

यता स्कटल्याण्डको रेल विभागले उक्त जोडीको निन्दा गरेको छ । ट्रेनभित्र अश्लील व्यवहारलाई रोक्ने प्रयास भइरहेको विभागले प्रस्ट पारेको छ ।

‘स्कटल्याण्डका ट्रेनमा असामाजिक व्यवहार गर्न पाइँदैन’, विभागका प्रवक्ताले भने, ‘यस्ता क्रियाकलापलाई नियन्त्रण गर्न बेलायती प्रहरीसँग मिलेर काम गरिरहेका छौं ।’

 

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage