scheduleशुक्रवार कार्तिक २९ गते, २०७६

पाँचथर पुगेका प्रचण्डले भने- ओलीसँगको सहमति तोडिएको छैन

पाँचथर, ५ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका क्रममा भएका सहमतिहरु नतोडिएको बताएका छन् ।

मंगलबार पाँचथरमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्  ।

पार्टी एकताका क्रममा भएको सहमति कार्यान्वयन नभएको भए पार्टी एकता घोषणा भएर यो अवस्थासम्म नआइनपुग्ने दावी गर्दे  प्रचण्डले भने- ‘सहमति अनुसार नै हामी अगाडि बढिरहेका छौ, कसैले पनि सहमति तोडेको छैन ।’

केही दिनयता प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली र प्रचण्डबीच सहमति कार्यन्वयन नभएको भन्दै आरोप प्रत्यारोप चलेका बेला उनले मुलभूत रुपमा सहमति कार्यन्वयन गरेरै आज दुई पार्टी मिलेर नेकपा बनेको पनि बताए ।

मन्त्रिमण्डल विस्तारको कुरा प्रधानमन्त्रीको कार्यक्षेत्र भित्र पर्ने बताएका उनले शान्ति प्रकृयाका बाँकी काम टुङग्याउने क्रम पनि अन्तिम चरणमा पुगेको बताए ।

‘यसका लागि प्रमुख राजनीतिक दलहरु सबै तयार छौ यो प्रक्रिया चाडै टुङ्गिन्छ’ उनले भने ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage